मानव कंकाल भेटियो

Kankalप्युठान, ६ असार । प्युठान सदरमुकाम खलंगा–९ बूढाचौरस्थित एक घरमा मानव कंकाल भेट्टिएको छ । घाँस काट्न खरबारी गएका बेला स्थानीयले जलाएको अवस्थामा मानव हड्डी भेट्टाएका हुन् ।

खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले पाँच सय मिटरनजिक रहेको फुर्सिदेवीको घरमा पनि उस्तै मानव हड्डी भेटाएको हो । एक वर्षदेखि बन्द रहेको कोठामा मानव कंकाल भेट्टिएको हो । कोठाभित्र खाटमाथि झुण्डिएको अवस्थामा भित्तामा रगतको दागसँगै हड्डी भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर कार्कीले बताए । घरभित्रै मानव कंकाल भेटिएपछि घरकै कुनै सदस्यको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घरमा फुर्सिदेवी एक्लै बस्छिन् । भारतीय सेनामा कार्यरत छोरा इन्द्रबहादुर सुनारको २०६८ सालमा मृत्यु भएपछि बुहारी अंगुरी विक, नाति कुँवेर, नातिनी कुसुम र किरण भारतको भुपालस्थित नेहरू नगरमा बस्दै आएका छन् ।
कुँवेर भारतीय प्रहरीमा कार्यरत छन् । प्रहरीले घटना स्थलबाट मानव कंकालका साथै मट्टितेल बरामद गरेको छ । घरमुली फुर्सिदेवी, मामा लक्ष्मणलगायत स्थानीयलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया