शिक्षा नीतिमै समस्या छ :भट्टराई

Baburam bhattrai 3काठमाडौं, ५ असार । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले गलत शिक्षा नीतिको मार विद्यार्थीहरुले भोग्नुपरेको टिप्पणि गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी उपाध्यक्ष भट्टराईले नेपालको शिक्षा नीति त्रुटिपूर्ण भएको प्रमाण यसबर्षको एसएलसी परीक्षाको नतिजाले प्रमाणित गरिसकेको दावी गरे । उनले भने ‘प्रत्येक बर्ष प्रवेशिका परीक्षाको ओरालो लाग्दो नतिजाले हाम्रो शिक्षा नीति र प्रणाली कस्तो छ भनेर देखाउँछ ।’ उनले नीजि र सरकारी गरि देशमा दुई प्रकारको शिक्षा प्रणाली रहनु विडम्बनाको बिषय भएको उल्लेख गरे । उनले द्धैध शिक्षा प्रणाली खारेज हुनुपर्नेमा जोड दिए । विसं.२०२६ सालमा गोर्खाको सरकारी विद्यालयबाट प्रवेशिका परीक्षामा (एसएलसी)मा बोर्ड फस्ट भएका भट्टराईले हाल बोर्ड फस्ट घोषणा गर्ने चलन हटाउनुलाई पाखण्डी प्रवृत्तिको संज्ञा दिए ।

प्रतिक्रिया