सबै दललाई निर्वाचनमा आउन रेग्मीको आग्रह

Khilraj-Regmi's

काठमाडौं ५ असार । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन पुन: आग्रह गरेका छन् ।
नेपाल स्काउटको हीरक महोत्सवको अवसरमा आज (बुधबार) काठमाडौंस्थित स्काउट भवनमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले निर्वाचनको बिकल्प नरहेको बताए । उनले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी हुन आग्रह समेत गरे ।
उनले संविधानसभा निर्वाचनलाई स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सबैलाई आग्रह गरे । उनले भने, ‘स्वच्छ प्रतिस्पर्धी भावनाका साथ सम्पूर्ण राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन म आग्रह गर्छु ।’
रेग्मीले अनुशासित, चरित्रवान र राष्ट्रप्रति कर्तव्यबोध गर्ने नागरिक तयार पार्न स्काउट शिक्षा महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया