शिक्षकको निर्घात कुटाईबाट विद्यार्थी घाईते

pinkiराजविराज, ५ असार । सप्तरीको नकटी रायपुर स्थित बुधेश्वरी निमाविका एक शिक्ष्ँकले अक्ष्ँर नराम्रो लेखेको भन्दै कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिकालाई निर्घात कुटपिट गरी घाईते बनाएका छन् । मंगलवार गृहकार्य जाच गर्ने क्रममा अंग्रेजी विषयका शिक्षक देवनारायण साहले छात्रा पिंकी कुमारी यादवलाई कुटपिट गरी घाईते बनाएका हुन ।
छात्रा यादवको टाउको, घाँटी, अनुहार, हात र खुट्टा लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । अहिले उनको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । शिक्ष्ँक साहले ‘जति सम्झाए पनि कहिल्यै नसुध्रने’ भन्दै एक्कासी लाठी बर्साएका थिए । निर्घात कुटपिटका कारण बेहोस भएपछि वालिकालाई उनका अभिभावकले मंगलवार साझ अस्पताल पु¥याएका थिए । टाउकोमा गम्भिर चोट लागेकोले उनको नाकबाट रगत समेत बगेको उपचारमा संलग्न डा. टेकनारायण मण्डलले जानकारी दिए ।
पिंकीका बुबा बच्चालाल यादवले शिक्षकलाई कडा कारवाहीको माग गर्दै आज (वुधवार) जिल्ला प्रहरी कार्यालय तथा जिल्ला शिक्ष्ाँ कार्यालय सप्तरीमा उजुरी समेत दिएका छन् ।
ईन्सेक सप्तरीका प्रतिनीधि मनोहर पोखरेल, बालअधिकारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, सञ्चार यात्रा नेपालकी अध्यक्ष्ँ करुणा झा, यूवा सशक्तिकरण संघ नेपालका अध्यक्ष किशोर कुमार यादव, अधिकारकर्मी प्रकाश खतिवडा लगायतले वुधवारै छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर निन्दा गर्दै दोषी शिक्ष्ँकमाथी कडा कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया