राष्ट्रपति टोकियो अस्पताल भर्ना

Rambaran-Yadavकाठमाडौ, ५ असार । राष्ट्रपति डा. रामवरण यादवलाई टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

टोकियोको नारिता विमानस्थलमा अवतरण गर्नासाथ मंगलबार बिहान राष्ट्रपति डा. यादवलाई उक्त अस्पतालमा भर्ना गरिएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । उक्त अस्पतालका उपनिर्देशक एवं प्राध्यापक तोसिकाई वातानावे नेतृत्वको विशेषज्ञ टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्नेछ । उक्त टोलीले राष्ट्रपतिसँगको भेटपछि बुधबारदेखि औपचारिक परीक्षण गर्ने जनाइएको छ ।
त्यसअघि विमानस्थलमा जापानमा रहेका नेपाली समुदायसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले आºनो स्वास्थ्य प्रतिकूल नरहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका थिए । विदेशमा स्वास्थ्य परीक्षण गराउन नेपालका चिकित्सकहरूले दिएको परामर्शबमोजिम आफू जापान आएको उनले उल्लेख गरेका थिए ।
स्थानीय समयअनुसार बिहान ६:२० बजे ब्यांककबाट नारिता विमानस्थलमा अवतरण गरेका राष्ट्रपतिलाई जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई, जापानी दूतावासका वरिष्ठ अधिकारी, नेपाली समुदाय, जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संगठन, जापान शाखाका अध्यक्षलगायतले स्वागत गरेका थिए । राष्ट्रपतिको ठूलो आन्द्रामा समस्या देखिएपछि उनलाई उपचारका लागि जापान लगिएको हो । नेपालका चिकित्सकले राष्ट्रपतिलाई क्यान्सर भएको आशंका गरेका छन् ।

प्रतिक्रिया