उपत्यकाको मौसममा सुधार आउने

काठमाडौं : मनसुन प्रवेशलगत्तै अविरल वर्षा भई जनजीवन प्रभावित बनेका बेला मौसम पूर्वानुमान महाशाखाले आजदेखि काठमाडौं उपत्यकाको मौसममा केही सुधार आउने जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभाव पर्न गएकाले देशका विभिन्न स्थानमा वर्षात् भएको जानकारी दिएका छन् । उनका अनुसार सामान्य अवस्थाभन्दा चार दिनपछि प्रवेश गरेको मनसुनले देशका पूर्वी भेग हँुदै मध्य तथा पश्चिमी भेगमा गतिविधि सञ्चालन गरिरहेको छ । यस वर्ष १४ जुनमा मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम तथा पश्चिमी भेगमा दुई/तीन दिनमा मनसुुनको गतिविधि कमजोर भई पूर्वीभेगमा वर्षा हुने र काठमाडौं उपत्यकामा भने आजदेखि मौसममा सुधार आउने मौसमविद् श्रेष्ठले बताए । काठमाडौं उपत्यकाको मौसममा सुधार आएपछि पनि आकाशमा बदली भई छिटफुट वर्षा भने हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, उपत्यकालगायत स्थानमा सडक विस्तार भइरहेको अवस्थामा वर्षात् भएकाले विभिन्न सडकका छेउछाउमा पानी जम्ने र हिलाम्य हुन गई सवारीसाधन ओहोरदोहोर गर्दा पैदल यात्रु समस्यामा परेका छन् ।

प्रतिक्रिया