‘संविधानसभा ६०१ सदस्यकै बनाऊ’

Janajati-Mahashangh-Flag-soकाठमाडौं, ५ असार । नेपाल आदिवासी जनजाति महासंघले संविधानसभा चुनाव घोषणामा असन्तुष्टि जनाएको छ ।

आºनो मागको बेवास्ता गर्दै अन्तरिम चुनावी मन्त्रिपरिषद्ले ४ मंसिरका लागि चुनावको मिति तोकेको भन्दै महासंघले मंगलबार विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अध्यक्ष नगेन्द्र कुमालले विज्ञप्ति जारी गरी संविधानसभा सदस्य संख्या कटौती नगर्न र चुनाव प्रणाली यथावत् राख्न पुन: सरकारसँग माग गरेका छन् । आदिवासी जनजातिको जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र न्यूनतम एक जाति एक प्रतिनिधि संविधानसभामा सुनिश्चित गर्नसमेत महासंघको माग छ ।
अध्यक्ष कुमालले संविधानसभामा ५० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने र तीमध्ये ३८ प्रतिशत आदिवासी जनजाति महिलाको प्रतिनिधित्व गराउन पनि माग गरेका छन् । महासंघले संविधानसभा सदस्य संख्या र प्रत्यक्षतर्फ ४२ र समानुपातिकतर्फ ५८ प्रतिशतलाई यथावत कायम गर्न निरन्तर सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै आइरहेको छ ।

प्रतिक्रिया