यस्तो छ चुनावी कार्यक्रम

Elecatation-Commisionकाठमाडौ, ५ असार । निर्वाचन आयोगले ४ मंसिरमा संविधानसभा चुनाव गर्नका लागि निर्वाचन तालिका तय गरेको छ ।

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले ४ मंसिरमा चुनाव गर्ने घोषणा गरेपछि आयोगले यही असारदेखि नै लागू हुने गरी निर्वाचन तालिका तय गरेको हो । आयोगका अनुसार मतदाता नामावली दर्ता असार मसान्तसम्ममा सम्पन्न गरिनेछ । दर्ता भएको नाममाथि दाबी–विरोध, छानबिन, अन्तिम नामावली तयारी र प्रकाशन साउन पहिलो सातादेखि तेस्रो सातासम्म गरिने भएको छ । राजनीतिक दल दर्ता (चुनावी प्रयोजनका लागि)को अन्तिम निर्णय साउन तेस्रो सातासम्म, मतदाता शिक्षा सामग्री वितरण तथा सम्प्रेषण साउन तेस्रो सातादेखि कात्तिक तेस्रो सातासम्म, मतदाता शिक्षा तालिम सञ्चालन साउन तेस्रो सातादेखि कात्तिक दोस्रो सातासम्म, मतदान केन्द्र निर्धारण साउन दोस्रो सातासम्म, आचारसंहिता तर्जुमा, अनुमोदन, कार्यान्वयन र अनुगमन मंसिर मसान्तसम्म तोकिएको छ ।
त्यस्तै, निर्वाचन अधिकृतको नियुक्ति, तालिम र कार्यालयको स्थापना भदौ पहिलो सातादेखि भदौ मसान्तसम्म, समानुपातिकतर्फको उम्मेदवारीसम्बन्धी निर्वाचन कार्यक्रम तयारी तथा सञ्चालन भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म, पहिलो हुने निर्वाचन हुने निर्वाचन कार्यक्रमको सञ्चालन भदौ चौथो सातादेखि भदौ दोस्रो सातासम्म, राजनीतिक दल, नागरिक समाज, अन्य सरोकारवालासाग अन्तरक्रिया असार चौथो सातादेखि कात्तिक तेस्रो सातासम्म गर्ने आयोगको कार्यक्रम छ । निर्वाचन परिवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्थापन र प्रतिवेदन असार चौथो सातादेखि मंसिर मसान्तसम्म, सञ्चार माध्यममा अनुगमन साउन पहिलो सातादेखि मंसिर तेस्रो सातासम्म, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना भदौ पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म, मिडिया सेन्टर विकास, व्यवस्थापन र सञ्चालन असार चौथो सातादेखि मंसिर मसान्तसम्म, मतदान मंसिर ४ गते र मतगणना, परिणाम प्रशोधन र घोषणा मंसिर ४ गतेदेखि हुने कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया