असार ७ मा ढुकुटी

PRIYA-RIJALकाठमाडौं : देशको समस्या बन्दै गएको अवैध खेल ढुकुटी र त्यसले निम्त्याएका विभिन्न समस्यालाई मुख्य विषय बनाइएको चलचित्र ढुकुटी प्रदर्शनमा आउने भएको छ । आगामी ७ गतेबाट चलचित्र देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिए ।
सुशीला बुढामगरको निर्माण र डिके पुनको निर्देशन रहेको चलचित्र ढुकुटीमा झरना थापा, प्रिया रिजाल, राज लामिछाने, डोल्मा लामा, कमल गाउलेलगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा रेशम सापकोटाको गीत, लेखन र संगीत छ । समसामाहिक विषयमा बनाएकोले चलचित्रले व्यवसाय गर्ने निर्माणको दाबी छ । (सौस)

प्रतिक्रिया