स्पेन र इटालीको विजयी सुरुआत

confederationलण्डन, ४ जेठ । दक्षिण अमेरिकी च्याम्पियन उरूग्वेलाई २–१ ले हराएर विश्वकप तथा युरोपियन च्याम्पियन स्पेनले अन्तरमहादेशीय फुटबल च्याम्पियनसिप कन्फेडेरेसन कपमा विजयी सुरुआत गरेको छ । मारियो बालोटेलीको निर्णायक गोलमा युरोपियन उपविजेता इटालीले पनि विजयी सुरुआत गर्‍यो । समूह बीअन्र्तगत आइतबार राति भएको खेलमा स्पेनलाई जित दिलाउनेक्रममा पेड्रो र रोबर्टो सोल्डाडोले गोल गरे । ८८आँै मिनेटमा लुइज सुआरेजले गोल फर्काए पनि पहिलो हाफमै २–० ले पछि परेको उरूग्वे खेल बराबरी गर्नसमेत असफल भयो । २१आँै मिनेटमा पेड्रोमार्फत स्पेनले सुरुआती अग्रता लिएको थियो । सोल्डाडोले गोल गरेपछि १० मिनेट बित्न नपाउँदै यस युरोपियन टोलीले अग्रता दोब्बर बनाएको थियो ।

लगातार विश्वकप र युरोकप जित्दै इतिहास रचेको स्पेन अन्र्तरमहादेशीय प्रतियोगिता जित्दै थपकीर्तिमान अश्वम्भावी बनाउने प्रयासमा रहेको छ । स्पेनले सन् २००८ र २०१२ मा युरोकप जितेको थियो भने सन् २०१० मा नेदरल्यान्ड्सलाई हराएर विश्व च्याम्पियन बनेको थियो । युरोपमै आयोजित विश्वकप जित्ने पहिलो युरोपियन टोलीका रूपमा समेत उसले कीर्तिमान बनाएको छ । यता अर्को प्रतिस्पर्धात्मक खेलमा ७८औँ मिनेटमा बालोटेलीले गोल गरेपछि मेक्सिकोविरुद्ध इटाली २–१ ले विजयी भयो । यसअघि खेलमा पहिलो अग्रता पनि इटालीले लिएको थियो । भेट्रान मिडफिल्डर आन्द्रे पिर्लोले २७आँै मिनेटमा गोल गरे पनि इटालीले धेरै समयअगाडि रहन सकेन । ३४आँै मिनेटमा जेभियर हर्नान्डीजले पेनाल्टीमार्फत गोल गरी उत्तर अमेरिकी टोली मेक्सिकोलाई १–१ को स्थितिमा ल्याइपुर्‍याएका थिए । जिओ डस सान्तोसले मेक्सिकोका आन्द्र बार्जाग्लीलाई लडाएपछि चिलीका रेफ्री एनरिक ओसेसले सन् १९९९ को विजेता मेक्सिकोलाई पेनाल्टी अवसर दिएका थिए ।
इटालीका लागी एक सयौँ क्याप जित्नेक्रममा ३४ वर्षीय पिर्लोले २५ मिटर टाढाबाट फ्रिकिकमा आकर्षक गोल गरेका थिए । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनको यो १३आँै अन्र्तराष्ट्रिय गोल हो । सन् २०१० मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका म्यानचेस्टर सिटीका पूर्वफर्वार्ड २२ वर्षीय बालोटेलीले अहिलेसम्म इटालीका लागि २३ खेल खेल्नेक्रममा नौ गोल गरेका छन् । क्लोज रेन्जबाट सहजै गोल गरेका बालोटेलीले खुसियाली मनाउनेक्रममा टिसर्ट फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । विजयी गोल गरे पनि बालोटेलीको उक्त व्यवहारप्रति इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले उनको आलोचना गरे । ‘गोल गरेपछि टिसर्ट फुकाल्ने काम अब उसले बन्द गर्नुपर्छ ।’ निकै विवादका बीच पनि बालोटेलीमाथि विश्वास गरेका प्रान्डेलीले खेलपछि प्रतिक्रिया दिए । सन् २०१३ मा मेक्सिकोको यो पहिलो हार हो । इटालीले समूह एका अन्य खेलमा ब्राजिल र उरूग्वेको पनि सामना गर्नेछ । यता स्पेनले समूह बीअन्तर्गत नाइजेरिया, मेक्सिको र टहिटीविरुद्ध खेल्न बाँकी छ ।

प्रतिक्रिया