सिँचाइ आयोजना पूरा

धनकुटा : धनकुटाको छिन्ताङ–१ मा नवजागरण कृषक समूहअन्तर्गत रहेको सार्की खोला साना सिँचाइ आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजना जिल्ला कृषि विकास कार्यालय धनकुटाको ४२ हजार पाँच सय ३२ रुपियाँ आर्थिक अनुदान र स्थानीय उपभोक्ताको ८० हजार आठ सय ५० रुपियाँको लगानीमा सिँचाइ आयोजना निर्माण कार्य सम्पन्न भएको हो । आयोजना निर्माण भएपछि छिन्ताङ–१ का ४२ घरघुरी लाभान्वित भएको समूहका अध्यक्ष एमकुमार वालिङ राई बताए । सिँचाइ आयोजनाअन्तर्गत खोलादेखि रिर्जव ट्यांकीसम्म एक हजार दुई सय मिटर पाइप लाइन बिछ्इएको र ट्यांकीको क्षमता १० हजार आठ सय लिटर रहेको समूहका अध्यक्ष राईले बताए । (सौस)

प्रतिक्रिया