माओवादीसहितका दल पुन: आन्दोलनमा

maobadiकाठमाडौं, ३ असार । नेकपा–माओवादीसहितका साना दलहरु पुन: सरकार र चार राजनीतिक शक्ति विरुद्ध सडकमा उत्रने निर्णय गरेका छन् ।
राजधानीमा आज (सोमबार) बसेको ३३ दलको बैठकले सरकार र उच्चस्तरीय राजनीतिक समिति विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापाले जानकारी दिए । ‘सरकार र चार राजनीतिक शक्तिको एकलौटी निर्णय विरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय भएको छ,’ उनले भने ।
सरकार र चार राजनीतिक शक्तिले आफूहरुलाई वेवास्ता गरेर संविधानसभा निर्वाचनको मिति घोषणा गरेको भन्दै विरोधमा उनीहरु सडकमा आन्दोलनमा छन् ।
आन्दोलनको स्वरुप र तयारी गर्ने जिम्मेवारी कार्यदललाई दिईएको छ । कार्यदलले आजै बेलुकासम्म आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्न गृहकार्यमा जुटेको छ ।

प्रतिक्रिया