नदीको टापुमा अड्केका २३ जनाको उद्धार

kanchanpurकञ्चनपुर, ३ असार । कञ्चनपुर जिल्लास्थित महाकाली नदीमा बाढी आए पछि अड्केका २३ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
भीमदत्त नगरपालिका–१३, पिपरैयामा महाकाली नदीमा बालुवा गिटी लिन गएका २३ जना चालक र मजदुरहरु अड्किएको प्रहरीले जनाएको छ ।
नदीमा ३ वटा ट्याक्टर, १ ट्रक र १ वटा स्काईभेटर अड्एिको सूचना पाउन साथ नेपाली सेना र प्रहरी उद्धारका लागि पुगेको थियो ।

प्रतिक्रिया