बेपत्ता युवकको शव फेला

चितवन, २ असार । पश्चिम चितवनको जगतपुर नजिक राप्ती नदीमा शनिबार वेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
जगतपुर–१ घैलाघारीको मेजरघाट क्षेत्र नजिकै राप्ती नदीमा नुहाउन गएका स्थानीय १८ वर्षीय प्रेम बोटे हिजो पानीको भुमरीमा परी बेपत्ता भएका थिए । उनको शव  राप्ती नदीमा फेला परेको ईलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी नायब निरीक्षक टेक बहादुर गुरुङ्गले जानकारी दिए । उनलाई नदीबाट गोहीले तानेको भनेर अनुमान गरिए पनि जिउमा कतै चोटपटक नभएको स्थानीयले बताए ।
सबै घरपरिवार र प्रहरी हिजो देखि नै खोजी कार्यमा खटिएपछि उनको शव फेला परेको प्रहरीको भनाई छ । हिजो मात्रै त्रिशुलीमा नुहाउन भएका चार यूवतीसहित पाँचजना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया