तस्कर र वन रक्षकबीच गोली हानाहान

रौतहट, २ असार । रौतहट र सर्लाहीको सीमानामा पर्ने वन क्षेत्रमा गस्ती टोली र काठ तस्करबीच गोलीहानाहान भएको छ ।
Kath Taskarविश्रामपुरको जंगठनमा आज (आइतबार) विहान करीब एकघण्टासम्म चलेको भिडन्तमा वन रक्षक टोलीले पाँच वटा बयलगाडासहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।
सर्लाही जिल्लाका काठ तस्करहरु बयलगाडासहित बाग्मती नदी पार गरेर रौतहटको वन क्षेत्रमा प्रवेश गरी काठ लैजान लागेको गोप्य सूचना पाए पछि वन रक्षक टोली सो स्थानमा पुगेको थियो ।
वृन्दावन रेञ्जपोष्टबाट खटिएको वन रक्षक टोलीलाई देख्ना साथ काठ तस्करले गोलीहानेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
काठ लोड गर्न तयारी अवस्थामा राखिएका बयलगाडा नियन्त्रणमा लिने प्रयास गर्दा तस्करले अन्धाधुन्ध गोली प्रहार गरेको प्रमुख वन अधिकृत बलराम भण्डारीले जानकारी दिए । भिडन्तमा तस्करहरुले २० राउण्ड फायर गरेका थिए भने वन रक्षकले ४० राउण्ड गोली फायरिङग गरेको भण्डारीले बताए ।
गोलीहानाहान पछि भाग्दै गरेका दुई यूवकलाई बाग्मती नदी किनारबाट सर्लाहीस्थित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सर्लाही शंकरपुर–९, सोल्टीका १९ वर्षीय सुनिल थापा र २० वर्षीय अशोककुमार महत्तो छन् ।

प्रतिक्रिया