देउखुरीमा बस दुर्घटना/११ यात्रु घाईते

dangदेउखुरी, २ असार । नेकपा–माओवादीसहितका साना दलहरुले आह्वान गरेको बन्द छल्न तिव्रगतिमा रहेका दुईवटा यात्रु बाहक बस दाङको देउखुरीमा एकआपसमा ठोक्किदा एघार यात्रु घाईते भएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिसहनियाँको दोलाई खोला नजिक पछाडिबाट आउँदै गरेको बसले अघिल्लो बसलाई ठक्कर दिँदा ११ यात्रु घाईते भएका हुन् ।

घाईते मध्ये एकजना भारतीय नागरिक गम्भीर छन् । उनी भारतको वीरपुर निवासी ३५ वर्षीय अपुरजर महमद रहेको इलाका प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले जानकारी दिए ।
बिराटनगरबाट तुल्सीपुर तर्फ आउँदै गरेको ना ४ ख ३१३१ नम्बरको बसले काठमाडौंबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ३ ख ५६२३ नम्बरको बसलाई पछाडिबाट एक्कासि ठक्कर दिएको थियो ।

घाईते हुनेमा दाङ बिजौरीकी ६१ बर्षीय मुना देवी, तुल्सीपुर–५ का ६० वर्षीय डेकरी शर्मा, तुल्सीपुर–५ की २१ वर्षीय टीका न्यौपाने, चैलाही–२, लमहीकी २२ वर्षीय जुनु कुवर, तुल्सीपुर–२, टरिगाउँ की ३५ वर्षीय हिमा कुमाल, बाँकेको कोहलपुरकी सोनिया सिंहलगायतका यात्रु छन् ।

प्रतिक्रिया