नेकपा–माओवादीको विरोध जुलुस

नवलपरासी : सरकारले निर्वाचनको मिति घोषणा गरेको विरोधमा नेकपा–माओवादी नवलपरासीले जुलुससहित कोणसभा गरेको छ । कावासोतीको फलफूल चोकदेखि सुरु भएको जुलुस इन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा माओवादीका केन्द्रीय सल्लाहाकार ठाकुर चापागार्इं, कावासोतीका इन्चार्ज बाबुराम पोख्रेल, इलाका सचिव नारायण अर्याल, अखिल क्रान्तिकारीका अशोक ज्ञावालीलगायतले सम्बोधन गरे । (सौस)

प्रतिक्रिया