जबर्जस्त चुनाव गरिए विद्रोह हुन्छ :गुरुङ

dev gurung 3काठमाडौ, १ असार । नेकपा–माओवादीका सचिव देब गुरुङले असन्तुष्ट राजनीतिक दलहरुलाई बाहिर राखेर निर्वाचन गर्न खोजिए त्यसको परिणाम राम्रो नआउने चेतावनी दिएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी सचिव गुरुङले एकलौटी ढंगले सरकारले निर्वाचन गर्न खोजे जनविद्रोह हुने भन्दै मुलुक फेरि द्धन्द्धमा फर्कने चेतावनी दिए । उनले भने,‘अर्थहीन निर्वाचनका विरुद्ध जुनसुकै कदम चाल्न समेत हामी तयार छौं ।’
गुरुङले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन नदिने दावी गरे । उनले गोलमेच सम्मेलन मार्फत पूर्णसमानुपातिक प्रणालीबाट एक डेढ सयको संख्यामा मात्रै निर्वाचन गर्नु पर्ने प्रस्ताव गरे । चुनावको मुखमा नागरिकता वितरण गरेर नेपालीलाई अल्पमतमा पार्ने खेल भएको भन्दै अहिलेको निर्वाचन विदेशीको ईशारामा नेपालीलाई अल्पमतमा पार्न गर्न लागिएको दावी गरे ।

प्रतिक्रिया