चुनाव बिथोल्ने बहिर्गमित लडाकुहरुको चेतावनी

agyogya-ladaku1काठमाडौं, १ असार । बहिर्गमनमा परेका पूवमाओवादी लडाकुले आफ्ना मागहरुको सम्बोधन नगरी घोषणा गरिएको संविधानसभाको चुनावलाई हुदै नदिने चेतावनी दिएका छन् ।
शनिबार राजधानीमा पत्रकारसम्मेलन गरी बहिर्गमनमा परेका पूर्व लडाकुहरुले सरकारले आफ्ना मागको वेबास्ता गरेको दावी गर्दै चुनाव बिथोल्ने चेतावनी दिए । बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष सागर लिम्बुले सेना समायोजनका नाममा एक दुई हजार जनमुक्ति सेनालाई आत्मसमपर्ण गराएको भन्दै शान्ति प्रक्रिया अझै नटुंगिएको बताए । आफ्ना मागबारे राजनीतिक पार्टी र सरकारसंग पटक पटक भएका सहमतिलाई कार्यान्वयन नगरेर विश्वासघात गरेकोले आफुहरु अब ८ डिभिजन सेना निर्माणमा लाग्ने अध्यक्ष लिम्बुले उल्लेख गरे । उनले भने–‘सरकार यसरी नै अगाडी बढे हामीहरु पनि आन्दोलनका कार्यक्रमको स्वरुप बदल्छौं ।’

प्रतिक्रिया