सप्तरीमा दुई दिने सरसफाई महोत्सव

IMG_0493राजविराज, १ असार । सन २०१६ सम्ममा जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गराउने उद्धेश्यले पूर्व तयारीस्वरुप सप्तरीको राजविराजमा आजबाट दुई दिने सरसफाई महोत्सव सुरु भएको छ । जिल्ला विकास समिति सप्तरीको सभाहलमा आयोजित महोत्सवको राष्ट्रिय सरसफाई निर्देशन समितिका अध्यक्ष्ँ तथा सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले उद्घाटन गरेका छन् ।
खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सप्तरीद्वारा आयोजित महोत्सवमा समन्वय समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जिल्लाका करिव ८० प्रतिशत घरधुरीले अहिले पनि शौचालय प्रयोग नगरिरहेको वताए ।
सापकोटाले १ लाख २१ हजार ९८ घरधुरी तथा ६ लाख ३९ हजार १ सय ९४ जनसंख्या रहेको सप्तरी मानविय सुचकांकको हिसावले समेत पछि रहेको भन्दै साईकल, रेडियो, मोवायल, टेलीभिजन प्रयोगकर्ताको अनुपातमा चर्पि प्रयोग गर्नेहरुको संख्या निकै कम रहेको वताए । जिल्लामा ४० प्रतिशत घरधुरी मात्र विपन्न रहेको तथ्यांक प्रश्तुत गर्दै सापकोटाले गरिविका कारण मात्र चर्पि प्रयोग नभएको होईन भन्ने जिकिर गरे ।
जिल्लाका ३० गाविसमा हाल गैरसरकारी संस्थाको समन्वयवाट सरसफाई अभियान चलाईएको, प्रचारप्रसार तथा क्ष्ँमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिदै उनले यस वर्षभित्र खोजपुर, धरमपुर, पिप्रापश्चि र बकधुवा गविसलाई खुला दिशामुक्त क्ष्ँेत्र घोषणा गरिने तयारी भईरहेको जानकारी दिए । खुला दिशामुक्त क्ष्ँेत्र घोषणाका लागि चेतनाको अभाव, खुल्ला दिशापिसावको सहज स्विकार्यता, सरसफाई र स्वच्छता घरपरिवारको प्राथमिक्तामा नपर्नु, सरकारको मुख ताक्ने प्रवृत्ति लगायतका चुनौती जिल्लामा विद्यमान रहेको सापकोटाको भनाई थियो ।

प्रतिक्रिया