महाराजगञ्जमा अध्यक्ष कर्ण विरुद्ध उजुरी

Ranjeet-karnaकाठमाडौं, १ असार । नेपाल विद्यार्थी संघका नेताहरुले कांग्रेस सभापति सुशील कोइरालालाई दवावसहित संगठनको महाधिवेशन माग गरेका छन् ।
सभापति कोइरालाको महाराजगञ्जस्थित निवासमा आज (शनिबार) पुगेका पूर्व महामन्त्री मनोजमणि आचार्या, गजेन्द्र कार्की, कुन्दन काफ्लेसहितको टोलीले महाधिवेशनको माग गरेको हो । विद्यार्थी नेताहरुले नेविसंघका वर्तमान अध्यक्ष रञ्जीत कर्णले संगठन चलाउन नसकेको भन्दै कोइरालासँग असन्तुष्टी जनाए ।
संविधानसभा निर्वाचन आउँदै गरेकाले कांग्रेसलाई जीवन दिन पनि नेविसंघको आन्तरिक विवाद अन्त्य गरेर गतिशील बनाउन नेताहरुले सुझाव पनि दिए ।
जवाफमा सभापति कोइरालाले आफू नेविसंघको राजनीतिलाई नजिकबाट हेरिरहेको जनाउँदै संगठन चलाउन नसक्नेलाई पदमा बसिरहनु औचित्य नरहेको बताए । नेविसंघका एक नेताका अनुसार कोइरालाले विद्यार्थी संगठन भित्रको विवाद अन्त्य गरेर छिट्टै निकास दिने आश्वासन ।
उनीहरुले सभापति कोइरालालाई बुझाएको पाँच बुँदे ज्ञापन पत्रमा संगठनको महाधिवेशनको मिति तत्काल घोषणा गर्नु पर्ने, विवाद अन्त्य गर्नुपर्ने लगायतका माग रहेका छन् ।

नेविसंघको आन्तरिक विवादले महाधिवेशन पटक/पटक सर्दै आएको छ । अध्यक्ष कर्ण संस्थापन निकटका मानिन्छन् । यद्यपि उनीसँग संस्थापन पक्षनै रुष्ट छ ।
उता, नेता शेरबहादुर देउवा निकटका ऋषिकेशजंग शाहलगायतका विद्यार्थी नेताहरु पनि महाधिवेशन माग गर्दै आएका छन् ।
मध्यमार्गिधारका मानिने पूर्व महामन्त्री आचार्यलगायतका समूहले नेविसंघको नेतृत्व हत्याउन संस्थापनसँग नजिकिँदै आएको छ ।

प्रतिक्रिया