बालबालिकामाझ नम्रताको जन्मदिन

Namrata-Shresthaकाठमाडौं : सेलिब्रेटीका जन्मदिन मनाउने आ–आफ्नै शैली छन् । कति सेलिब्रेटी आफ्नो जन्मदिन परिवार र नजिकका साथीसँग खुसी साटासाट गरेर मनाउँछन् त कति समाज सेवा गरेर । कोही सेलिब्रेटीले जन्मदिन सुटिङ स्पोटमा समेत मनाउने गरेका छन् । तर, अभिनेत्री नम्रता श्रेष्ठले भने आफ्नो जन्म दिन बोल्न नसक्ने बालबालिकामाझ मनाइन् ।
श्रेष्ठले शुक्रबार २७ औँ जन्म दिन बाल विद्या मन्दिरमा अध्ययनरत बोल्न नसक्ने बालबालिकाको साथमा मनाएकी हुन् । जन्म दिन सानासाना भाइबहिनीसँग मनाउन पाउँदा खुसी लागेको छ’ जन्मदिनको केक काट्दै श्रेष्ठले भनिन् ।
नायिका नम्रताकै जन्म दिनको अवसर पारेर चलचित्र मौनको फस्टलुक सार्वजनिकसमेत गरियो । चलचित्रमा अभिनेत्री नम्रता र अभिनेता अर्पण थापाको मुख्य भूमिकामा छ । यी दुवै कलाकारले चलचित्रमा नबोल्ने भूमिका निर्वाह गरेका छन् ।
सुरज भुषाको निर्देशन रहेको चलचित्र मौन अर्पण र नम्रताका अलवा वसन्त भट्ट, शेखर चाँपागार्इं, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । अर्पण थापाको पटकथा, संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । (सौस)

प्रतिक्रिया