लोकदोहोरी अवार्डमा स्वर्गीय झलकमानलाई सम्मान

Tarunihauकाठमाडौं : विभिन्न १९ विधामा अवार्ड बाड्दै दोस्रो राष्ट्रिय हाइलाइट्स लोकदोहोरी अवार्ड २०७० सम्पन्न भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गायिका बिमा कुमारी दुरालाई सदाबाहार गायिकाबाट सम्मानित गरियो ।
स्वर्गीय गायक झलकमान गन्धर्वलाई मरणोपरान्त सम्मान गरिएको कार्यक्रममा सर्वोत्कृष्ट गायक भीमसेन खतिवडा, सर्वोत्कृष्ट गायिका सीता परियार घोसित भए । कुमार राना सर्वोत्कृष्ट लोकदोहोरी रेकडिस्ट हुन सफल भए भने लोकदहोरी संगीत संयोजन विनोद बाजुराली, लोकदोहोरी वाद्यवाधक पोषण धर्तीमगरले पाए ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले आयोजना गरेको कार्यक्रममा गायक बद्री पँगेनीले किन नानी नबोलेकी जोवन दिँदाखेरि बोलको गीतबाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । कार्यक्रममा गायक कुलेन्द्र विक, राजु गुरुङ, बिमलराज क्षत्रीलगायतकाको सांगीतिक प्रस्तुतिले अवाडको माहोल संगीतमय बनाएको थियो । (सौस)

प्रतिक्रिया