संवादमार्फत समस्याको समाधान खोजौं:रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, ३१ जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षका खिलराज रेग्मीले मंसिर ४ गतेका लागि घोषणा गरिएको संविधान सभा निर्वाचन सफल बनाउन सबै राजनीतिक दललगायत सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । सरकार गठनको तीन महिना पछि संविधान सभा निर्वाचन घोषणा भएको भोलिपल्ट पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्दै रेग्मीले स्वतन्त्र रुपमा निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै असन्तुष्ट दलहरुलाई वार्तामा आउन पुन आग्रह गरे । “केही दलदहरु निर्वाचन प्रक्रियाको विरोधमा हुनुहुन्छ, उहाँहरुका विमतिलाई छलफल गरी सम्बोधन गर्नुपर्छ र निर्वाचन प्रक्रियामा भाग लिनु पर्छ, सहमति गर्न दलहरुले नै प्रयास गर्नुपर्छ ।” सम्बोधनका क्रममा रेग्मीले भने, ‘निर्वाचनबाटै समस्याको समाधान निस्कने भएकाले म सबै पक्षमा वार्तामा आउन विशेष आग्रह गर्छु ।’ प्रधानन्यायाधीशबाट कार्यपालिका प्रमुख भएर आउनु आफ्नो मोह नभई विशेष परिस्थितिको बाध्यता भएको भन्दै अध्यक्ष रेग्मीले आफु शक्तिपृथकिरणप्रति सचेत भएको स्पष्ट पार्दै उनले भने, ‘त्यसैले म अहिले कार्यपालिकामात्र मात्र सिमित भएको छु ।’

प्रतिक्रिया