दिल्ली भ्रमण सफल रह्यो: देउवा

sher deubaकाठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।
साताव्यापी लामो दिल्ली भ्रमणबाट नेपाल फर्किएका बरिष्ठ नेता देउवाले आज दिउसो त्रिभुवन बिमानस्थलमा पत्रकारहरुसं कुरा गर्दै भारत भ्रमण आफुले अपेक्षा गरेको भन्दा निकै सफल रहेको बताए । पार्टी सभापति सुशील कोइरालालाई निमन्त्रणा नगरी बरिष्ठ नेतालाई भारतसरकारले भ्रमणको निम्तो दिएको भन्दै विभिन्न टिकाटिप्पणि भईरहेका बेला उनले पूर्व प्रधानमन्त्रीका रुपमा निम्तो दिइएको स्पष्ट पारे । पार्टी सभापति कोइरालालाई यसअघि नै दिल्लीले बोलाईसकेकाले यसबारेमा नकारात्मक टिकाटिप्पणि नगर्न आग्रह गरे ।
आफुले भारतभ्रमणका क्रममा व्यक्तिगत र पार्टीगत भन्दा राष्ट्रिय महत्वका बिषयहरुलाई उठाएको देउवाले जानकारी दिए । भारत सरकारको औपचारीक निमन्त्रणामा दिल्ली गएका देउवाले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कांग्रेस आई कि अध्यक्ष सोनिया गान्धी, भाजपाका अध्यक्षलगायत अन्य उच्च सरकारी अधिकारीहरुसंग भेटघाट गरेका थिए । भारतीय अधिकारीहरुसंगको भेटमा बरिष्ठ नेता देउवाले नेपालको विकास निर्माणमा सहयोग पु¥याउन आग्रह गरेका थिए । साताव्यापी लामो भारत भ्रमणमा देउवासंगै कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य विमेलेन्द्र निधि र देउवापत्नी डा. आरजु राणा पनि सहभागि थिए ।

प्रतिक्रिया