दुर्घटनामा तीनको मृत्यू/१५ जना घाईते

kanchanpurकञ्चनपुर, ३१ जेठ । कञ्चनपुर जिल्लामा बसको ठक्करबाट सडक विभागका दुई जनाको मृत्यू भएको छ ।
कृष्णपुर–२, वाणीस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा ना.३ ख ११९५ नम्वरको बसको ठक्करबाट आज (शुक्रबार) विहान साढे १० बजे दुई साईकल यात्रीको मृत्यू भएको हो । सडक बिभागमा काम गर्ने कृष्णपुर–२ का ४८ बर्षीय बहादुर पन्त र अर्का एकजना रहेका छन् ।
महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बसले साईकललाई ठक्कर दिएको थियो ।
साइकललाई ठक्कर दिए पछि बस समेत अनियन्त्रित भएर सडक छेउमा पल्टिएको छ । बस पल्टिदा १४ यात्रु समेत घाइते भएका छन् ।
यता, तनहुँको व्यास नगरपालिका–८, चापाघाटमा कार दुर्घटना हुँदा चार वर्षीया बालकको मृत्यू भएको छ । ग. १ च ४२७१ नम्वरको कार अनियन्त्रित भएर दुर्घटना हुँदा कार चालक गल्फुबेशीकी २८ बर्षीया सुनिता सुनार गम्भीर घाईते भएकी छन् । दुर्घटनामा उनका ४ महिनाका छोरा समर सुनारको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया