धोका दियो ‘अमेरिकन ग्रिनकार्डै’ले……….

Yam Baral

काठमाडौं, ३१ जेठ । गायक यम बराल जुवा खेल्दै गरेको अवस्थामा क्यासिनोबाट पक्राउ परेका छन् ।
ठमेलको लैनचौरस्थित मल्ल होटेलको क्यासिनोबाट गायक बराल आज (शुक्रबार) बिहान तीन बजे पक्राउ परेको महानगरीय प्रहरी प्रभाग दरबार मार्गका निरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।
गायक बराल आफू अमेरिकन नागरिक भएको भन्दै ‘अमेरिकाको ग्रिनकार्ड’ देखाएर क्यासिनो प्रवेश गरेका थिए । नेपाली नागरिकता त्याग नगरेका गायक बरालले आफू अमेरिकन नागरिकको हैसियतमा क्यासिनो प्रवेश गरेको बयान दिएको निरीक्षक ढुङ्गेलले जानकारी दिए ।
‘यम बरालजी ‘अमेरिकन ग्रिनकार्ड’ देखाएर क्यासिनो प्रवेश गर्नु भएको रहेछ,’ उनले भने, ‘ग्रिनकार्डकै भरमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न पाउँदैनन् । नेपाली नागरिकता त्याग गरेको हुनु पर्छ ।’
प्रहरी निरीक्षक ढुङ्गेलले क्यासनो प्रवेशका लागि ‘अमेरिकाको ग्रिनकार्ड’ पाएपनि नेपाली नागरिकता त्याग गरेको नागरिक मात्रै क्यासिनो प्रवेश गर्न पाउने कानूनी प्रावधान रहेको बताए ।
‘नेपाली नागरिकता पनि राख्ने अनि ‘अमेरिकाको ग्रिनकार्ड’ देखाएर दुई चरित्र देखाउँदै कानूनले बर्जित गरेको ठाउँमा जान पाईन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘नेपाली नागरिकता त्याग नर्गदासम्म यम बराल नेपाली नागरिकनै हो । नेपाली कानून अनुसार कारबाही हुन्छ ।’
झण्डै एकबर्ष अघि आफ्नी पत्नीसँग पारपाचुके गरेका गायक बराल अमेरिका बस्दै आएका छन् । पारपाचुके गर्ने समयमा उनकी पत्नीले ललितुरको कुपण्डोलमा व्यूटीपार्लर गर्दै आएकी थिईन् ।
पारपाचुके भएकी पत्नीसँग गायक बरालको अन्दाजी सात/आठ बर्षका छोरो समेत छन् । छोरो आमासँगै बस्छन् ।
इलामका स्थायी बासिन्दा गायक बराल ‘महिला’ साथीहरुका कारण पटक/पटक विवादित हुँदै आएका थिए । पत्नीसँग उनको पारपाचुके हुनुको कारण पनि ‘महिला’ साथी नै रहेको उनका नजिकका साथीहरु बताउँछन् ।
गायक बरालाई ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा………..’ बोलको गीतले चर्चित बनाएको थियो । उनका धेरै गीत राम्रा, सदाबहार र कर्णप्रिय छन् ।

प्रतिक्रिया