समाचारबाट डराउँछिन् गायिका केशा

keshaलन्डन : प्राय: सेलिब्रेटिका चाहना मिडियामा आफ्नो समाचार सधैँ आइरहोस् भन्ने हुन्छ । मिडियामा सधैँ छाउन पाइयो भने चर्चामा रहन सजिलो हुने कति सेलिब्रटीका भनाइ छ । तर, हलिउड गायिका केशा भने मिडियामा आउने आफ्ना समाचारबाट डर लाग्ने बताउँछिन् ।
यी गायिकाले हालै एक सार्वजनिक समारोहमा आफूलाई मिडियामा आउने आफ्नै समाचारले डर लाग्ने गरेको बताएकी हुन् । कतिपय सेलिब्रेटी मिडियामा समाचार नआएका कारण हैरानीमा छन् । तर, मलाई बाहिर आएका समाचारबाट डर लाग्छ, केशाले भनिन् । आफ्नै बारेमा आएको समाचार पढ्दा लाज लाग्छ । त्यसैले समाचार बाहिर नआओस् भन्ने म चाहन्छु । समाचार पढ्दा आफूलाई निकै लाज लाग्ने भएकाले यही लागजका कारणले आफ्नो मृत्युसमेत हुन सक्ने उनले खुलाइन् ।
पछिल्लो समय स्टेज सोहरूमा निकै व्यस्त यी गायिकाले यस्ता सो भने आफूलाई कुनै फरक नपर्ने बताइन् । यी सो वास्तविक र लाइभ हुने भएकोले यसबाट मलाई डर लाग्दैन । बरु यसबाट म एकदम मज्जा लिन्छु । (एजेन्सी)

प्रतिक्रिया