गाईघाटमा यामाहा सोरुम

Namrata-Shresthaकाठमाडौं : यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले गाईघाटमा शाखा विस्तार गरेको छ । सुमित्रा अटो वक्र्सको नाम राखिएको सोरुमको नायिका तथा यामाहा ‘रे’ का लागि सद्भावना राजदूत नम्रता श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
सोरुममा यामाहाकै ‘एस यामाहा’ अभियानको एक हिस्सा स्वरूप एकै छातामुनि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध रहेको छ ।
यो सो–रुममा मोटरसाइकल खरिद गर्न आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर सोरुमभित्रै फाइनान्स कम्पनीको सहकार्यमा फाइनान्सको सुविधा उपलब्ध गराइएको छ । साथै इन्स्ट्यान्ट फाइनान्स डेस्कले मोटरसाइकल किन्नेहरूका लागि न्यून ब्याजदर र सजिलो शर्तका साथमा तत्काल मोटरसाइकल खरिद गर्न फाइनान्स उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ ।
सो अवसरमा अटो वक्र्सका सञ्चालक महतोले सोरुम उदघाटनको अवसरमा यामाहा मोटरसाइकलको र्‍याली तथा यामाहाको नयाँ स्कुटर ‘रे’ को टेस्ट राइड कार्यक्रम पनि आयोजना गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया