राप्रपा निर्वाचनका लागि तयार

Surya bd Thapaभक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले निर्वाचनलाई युद्धको संज्ञा दिँदै आफ्नो पार्टी यसका लागि तयार रहेको बताएका छन् । भक्तपुरमा आयोजित महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई सम्मान कार्यक्रममा बोल्दै उनले देश बचाउनका लागि अबको चुनावी युद्धमा सबै एकजुट भएर लाग्नसमेत कार्यक्रतालाई आग्रह गरे ।
यसका लागि सबै तयार भएर बस्नुपर्ने आवश्यकता भएको बताएका छन् । कार्यक्रममा राप्रपाका नेता ंपशुपतिशमशेर राणाले निर्वाचनका लागि भनेर बनाएको सरकार मिति घोषण गर्न नसक्नु दु:खद भएको बताए । उनले निर्वाचनका लागि बनेको सरकारबाट नै निर्वाचनको मिति घोषण हुन ढिलाइ हुनु नेपालकै लागि लाजमर्दो कुरा भएको बताए । (सौस)

प्रतिक्रिया