युवा गैसस महासंघको अध्यक्षमा रिसा निर्वाचित

काठमाडौं, ३० जेठ । युवाहरुद्धारा सञ्चालित देशभरका संस्थाहरुको छाता संगठन युवा गैरसरकारी संस्था महासंघको अध्यक्षमा रिसा श्रेष्ठ निर्वाचित भएकी छिन् ।
गएको जेठ २६, २७ र २८ गते नगरकोटमा सम्पन्न महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन् । महासंघद्धारा बिहीबार जारी विज्ञप्ती अनुसार अध्यक्षमा श्रेष्ठसंगै बरिष्ठ उपाध्यक्षमा महेन्द्र खड्का, महासचिवमा छवी श्रेष्ठ, सचिवमा लक्ष्मी पौडेल, कोषाध्यक्षमा प्रमोद नेपाल निर्वाचित भएका छन् । देशभरका तीन हजार भन्दा बढी युवा संस्थाहरु आवद्ध महासंघको ७५ वटै जिल्लामा शाखा कार्यालय रहेको विज्ञप्तीमा जनाइएको छ । युवाका क्षेत्रमा कार्यरत देशकै ठूलो संस्थाका रुपमा महासंघ रहेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ यसअघि महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष श्रेष्ठले आगामी दिनमा युवाका मुद्धालाई देशव्यापी बनाउने दावी गर्दै युवामुखी बजेट निर्माणका लागि दबाव दिने बताईन् ।

प्रतिक्रिया