चार दलका नेता भारतको कठपुतली : गजुरेल

cp gajurelकाठमाडौं, ३० जेठ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निर्वाचनको मिति घोषणा हुना साथ मुलुकमा अर्को द्वन्द्व घोषणा हुने बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा गजुरेलले चार दलको सेण्डिकेटले द्वन्द्वको तयारी गरेको आरोप लगाए । ‘चुनावको मुखमा वाईसीएल ब्यूताउँनु र त्यसलाई काउण्टर दिन यूथ फोर्स ब्यूताउनुले चार दलनै निर्वाचनको नाममा मुलुकलाई द्वन्द्वमा धकेल्न उद्यत् छन्,’ उनले भने ।
गजुरेलले दिल्लीले मंसिर–१५ भित्र निर्वाचन गर्न दवाव दिईरहेकाले उसलाई खुसी बनाउन चार दल निर्वाचनको नाममा कठपुतली बनेर नाचेको बताए ।
‘दिल्लीले प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र अब माधवकुमार नेपाललाई बोलाएर मंसिर–१५ भित्र निर्वाचन गर्न दवाव दिन्छ,’ उनको आरोप थियो ।
उनले यथास्थितिमा निर्वाचन गर्ने दुस्साहस गर्नेलाई आफूहरुले ठीक बनाउने चेतावनी दिए । ‘जवरजस्ती गरिने निर्वाचन हामीलाई मान्य हुँदैन,’ उनले भने ।

प्रतिक्रिया