डा.रावलसहित २१ जना कांग्रेसमा प्रवेश

Tilak-Rawal-Sourya-Dailyकाठमाडौं, २९ जेठ । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य डा.तिलक रावल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले डा.रावलसहितका नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् । डा.रावलसहित २१ जना फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ता प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
डा.रावल अघिल्लो संविधानसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेर समानुपातिकबाट सभासद् समेत बनेका थिए ।
विजय गच्छेदारले पार्टी विभाजन गरेर फोरम लोकतान्त्रिक गठन गरे पछि डा.रावल गच्छेदारको पार्टीमा केन्द्रीय सदस्य थिए । डा.रावल पूर्व गभर्नर पनि हुन् ।
यसैबीच, डा.रावलले फोरममा प्रवेश गरेर आफूले गल्ती गरेको बताए । ‘फोरममा गएर पहिला मैले ठूलो गल्ती गरे,’ उनले भने, ‘नबुझेरै फोरममा गएको हुँ ।’

प्रतिक्रिया