एकसाता पछि अस्पतालको ताला खुल्यो

jajarkotजाजरकोट, २९ जेठ । जाजरकोटको जिल्ला अस्पतालमा चिकित्सकको मागसहित स्थानीयले लगाएको ताला एकसाता पछि खुलेको छ ।
विभिन्न रोगहरुको संक्रमण वढ्न थाले पछि स्थानीयले चिकित्सकको माग गरेर अस्पतालको प्रशान कक्षमा ताला लगाई दिएका थिए । सहमतिसँगै ताला खुले पछि आज (बुधबार) देखि अस्पतालमा कामकाज शुरु भएको हो ।
स्थानीय संघ/संस्थाले विभिन्न पाँच बुँदे माग राखेर बिहीबार अस्पतालमा ताला लगाएका हुन् ।

प्रतिक्रिया