एलएलसी प्रथमको दाबी

jai-hosकाठमाडौं : यस वर्षको एलएलसीमा छात्रतर्फ प्रसन्न नेपाल र छात्रातर्फ सरु श्रेष्ठले सर्वाधिक अंक ल्याएको दाबी गरेका छन् । नेपाल लिटिल एन्जल्स स्कुल ललितपुर र श्रेष्ठ ग्यास्ट स्टोन एकेडेमी भक्तपुरकी छात्रा हुन् ।
सिम्बोल नम्बर ०३२६९९१ ‘ओ’ रहेका नेपालले ८ सय पूर्णांकमा ७ सय ४९ अंक अर्थात् ९३ दशमलव ६२ प्रतिशत प्राप्त गरेका छन् । नेपालले अनिवार्य अंग्रेजीमा ९१, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८४, स्वास्थ्य तथा जनसंख्यामा ९३, अतिरिक्त गणितमा १०० र कम्प्युटर विज्ञानमा ९९ नम्बर प्राप्त गरेका छन् ।
कक्षामा सधँै प्रथम हुने नेपालले सोचेभन्दा धेरै अंक ल्याएको बताए । ‘यति धेरै अंक ल्याउँछुजस्तो लागेको थिएन । ९० प्रतिशतजति ल्याउँछु भनेको थिएँ,’ उनले भने, ‘तैपनि आशा गरेभन्दा बढी अंक ल्याएँ, खुसी छु ।’ भविष्यमा डाक्टर बन्ने योजना रहेको नेपालले सुनाए ।
त्यस्तै,  सिम्बोल नम्बर ०२८३६९०‘डी’रहेकी श्रेष्ठले ७ सय ४८ अंक अर्थात् ९३ दशमलव ५० प्रतिशत अंक प्राप्त गरेकी छन् । श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, गणितमा ९७, विज्ञानमा ९३, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा जनसंख्यामा ९७, अतिरिक्त गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ नम्बर प्राप्त गरेकी छन् ।

प्रतिक्रिया