एमिली मेरिलका साथमा

Emily-Bluntलन्डन : हलिउडकी अभिनेत्री एमिली ब्लंट फेरि एकपटक ‘द डेबिल वियर्स प्राडा’ की अपनी सहअभिनेत्री मेरिल स्ट्रिपका साथमा काम गर्ने भएकी छन् । एमिलीले स्ट्रिफन सोनदीमको टोनी अवार्ड विजेता रंगमञ्च कार्यक्रम ‘इनटु द वुड्स’मा आधारित चलचित्रमा मेरिलका साथमा काम गर्न लागेकी हुन् ।
३० वर्षीया अभिनेत्री ब्लंटले यस चलचित्रमा बेकरकी श्रीमतीको राल निर्वाह गर्ने भएकी छन् । यस चलचित्रमा मेर जादुटुेना मन्त्र चलाउने महिलाको भूमिकामा छिन् । ‘म मेरिलका साथमा फेरि काम गर्दै छु, यो मलाई पत्यारै लागेको छैन,’ एमिलीले भनिन्, ‘यस चलचित्रमा मेरो मेरिलका साथ हाँसो हुनेछ ।’ मेरिलको साथमा काम गर्न आफू निकै उत्साहित भएकोसमेत उनले सार्वजनिक गरिन् । (एजेन्सी)

प्रतिक्रिया