राजेशको सुध्रिएन बानी

Rajesh-hamalकाठमाडौं : अभिनेता राजेश हमालले पछिल्लो समय सार्वजनिक कार्यक्रममा आफ्नो सक्रियता निकै बढाउन थालेका छन् । चलचित्रको अभिनयभन्दा पनि अचेल उनका समय विभिन्न कार्यक्रममा सहभागिता जनाउँदैमा बित्ने गरेको छ । आºनै अभिनय रहने चलचित्रको मुहूर्त होस् या अन्य उद्घाटन कार्यक्रम हमालको सहभागिता हुने गरेको छ । पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा आफूलाई सहभागिता गराउने गरेका हमालको एक बानी भने अझै सुध्रिएको छैन । त्यो हो, कार्यक्रममा ढिलो आउने ।
यस्तै, सोमबार राजधानीमा आयोजित चलचित्र ग्ल्यामरको फस्र्टलुक कार्यक्रममा पनि हमाल डेढ घन्टा ढिलो आए । पछिल्लो समय हमालको चलचित्रका पोस्टरमा समेत उनको फोटो राख्न छाडेपछि उनले सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने क्रम बढ्न थालेको हो । चलचित्र ग्ल्यामरले भने प्रचार सामग्रीमा हमाललाई प्राथमिकता दिइएको छ ।
कार्यक्रममा चलचित्रको फस्र्टलुक सार्वजनिक गरियो । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, प्राविधिक संघका अध्यक्ष मनोज केसी, द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठलगायतले चलचित्रको फस्र्टलुक (पोस्टर तथा प्रोमो) सार्वजनिक गरे । रमेश बुढाथोकीको निर्देशनमा तयार चलचित्र ग्ल्यामरलाई यादव गुरुङले लगानी गरेका हुन् ।
राजेश हमाल, सुमन सिंह, कल्पना शाही, सोनिया केसी, विना बुढाथोकीलगायत कलाकारका अभिनय चलचित्रमा छ । किरण खरेलले शब्द कोरेको चलचित्रका गीतमा शम्भुजित बास्कोटाका संगीत समावेश छ । चलचित्रले क्यासिनोको कथालाई उठाएर यसबाट हुने फाइदा/बेफाइदा केलाउने प्रयास गरिएको छ । कार्यक्रममा चलचित्रका चार गीतसमेत देखाइएको थियो । (सौस)

प्रतिक्रिया