पेरु उद्योग वाणिज्य संघमा अग्रवाल

काठमाडौं : नेपाल पेरु उद्योग वाणिज्य संघको अध्यक्षमा सन्दीप अग्रवाल छन् । अग्रवालकै नेतृत्वमा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । गठित कार्यसमितिको उपाध्यक्षमा गौरव अग्रवाल, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा सञ्जय खेतान र सदस्यमा क्रमश: निर्मलराज पौडेल, ललितकुमार अग्रावाल र कुञ्ज बिहारी मोर रहेका छन् ।
संघले विधानसम्मत संस्थाका गतिविधिलाई क्रियाशील बनाई समय सापेक्ष रूपमा अघि बढाइने जानकारी संघका अध्यक्ष अग्रवालले दिए ।

प्रतिक्रिया