राजविराजमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत

Raja-Gyanendra-Shahaराजविराज, २८ जेठ । पूर्वी तराईको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह राजविराजमा रहेका छन् । गणतन्त्र स्थापनापछि पहिलोपटक सप्तरी आएका शाहलाई स्थानीयवासीको ठूलो समूहले स्वागत गरेको हो । बिहान ११ बजे सप्तरी प्रवेश गरेका शाह मध्यान्ह १२ बजे सदरमुकाम राजविराज आइपुगेका हुन् । आफँै गाडी चलाएर आएका शाह स्थानीय गजेन्द्र चौकमा ओर्लिएर पैदल हिडेका थिए । सर्वसाधारणको बीचमा पुष्पगुच्छा समाउँदै पदैल यात्रा गरेका शाहलाई सर्वसाधारणले घेर्न थालेपछि प्रहरीले सुरक्षा दिएर स्टार डिलक्स होटलमा पुर्‍याएको थियो ।

नाराजुलुससहित सर्वसाधारणको भीडले पूर्वराजाको स्वागत गरेका थिए । बिहान साढे १० बजे राजविराज आइपुग्ने शाहको कार्यक्रम केही ढिलो भएकोले रूपनी मोडदेखि राममन्दिर हुँदै पैदल यात्रा गर्ने कार्यक्रम छोट्याइएको आयोजनकले जनाएका छन् । करिब एक किलोमिटर पैदल यात्राको कार्यक्रम तय भए पनि शाहले करिब पाँच सय मिटरमात्रा पैदल यात्रा गरी सर्वसाधारणसँग भेटघाट गरेको स्वागत समारोह समितिका संयोजक इन्जिनियर विनोद पाण्डेल बताए । भोलि बिहान शाहले राजविराजस्थित राजदेवी मन्दिर दर्शन गर्ने कार्यक्रम छ । यसअघि पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौना र रूपनीमा समेत स्थानीयले रोकेर पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत तथा अभिनन्दन गरेका थिए । यसैबीच, शाहको भ्रमणमा बिथोल्ने प्रयासमा रहेका पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया