द लास्ट मोनार्क सार्वजनिक

काठमाडौं : करिब साढे दुई सताब्दी लामो नेपाली राजतन्त्रको कालखण्ड कस्तो थियो ? यी समयमा राजाहरूको शासन कसरी चल्यो ? राजाका ती शासन कालदेखि वर्तमानसम्मका विभिन्न कालखण्डमा नेपालको राजतन्त्रभित्र षड्यन्त्र, मारकाट र भाइभारदार सिध्याउने खेल किन र केका लागि रचिए ? कसरी लामो समयसम्म चलेको नेपालको राजतन्त्रीय शासनको अत्य भयो ? आम नेपालीको मनमा राजतन्त्रका विषयमा उब्जिएका यी र यस्ता प्रश्नको जवाफ द लास्ट मोनार्कले दिन खोजेको छ । तथापी, यो पूर्ण भने मान्न मिल्दैन ।
राजा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्मका उतारचढाव समेटिएको यस वृतचित्रमा ऐतिहासिक तथ्य र दृश्यका अलावा इतिहासकार, समाजशास्त्री, राजनेता, सामाजिक विश्लेषकका विचार समाबेस गरिएको छ । ०५८ जेठ १९ गते भएको दरबार हत्यकाण्डपछि लामो समय राजतन्त्र टिक्न सकेन । ती कहीँ कतैबाट पुष्टी भएका छैनन् । यी विषयमा गहिरो अनुसन्धान गरिएर निर्माण गरिएको भए वृतचित्र झनै प्रभावकारी हुने थियो । तर, यसमा हत्याकाण्ड पछाडीका केही महत्त्वपूर्ण पाटो यसले पस्कनुको सट्टा त्यसलाई केही खुम्च्याउने प्रयास गरेको छ । तर, पनि प्रयासलाई सकारात्मकै मान्न सकिन्छ ।
नेपालको सन्दर्भमा वा शाहवंसका इतिहास जान्न चाहनेका लागि यो दस्तावेजको रूपमा रहनेछ । वृतचित्रमा राजनीतिक उपलब्धीलाई पनि समेट्ने प्रयास निर्माण पक्षले गरेको छ । वृतचित्रलाई रमेश खड्काले निर्देशन गरेका हुन् । वृतचित्र ८० मिनेट लामो छ । (सौस)

प्रतिक्रिया