आँप खानुभन्दा पहिले सोचौँ

KB-Mashalआजभोलि आँपको सिजन सुरु भयो । आँपको स्वाद सबैलाई मन पर्छ । बिक्रीका लागि बजारमा राखिएका आँपका बारेमा हामी कतिविज्ञ छाँै । आँपको जात के हो ? अहिले पाक्नुपर्ने हो ? कसरी पकाइएको हो ? अनि यसले फाइदा हुन्छ वा बेफाइदा ? यी कुराको ख्यालै नगरी हामी आँप देख्नसाथ किन्ने गर्छांै । आँपका बारेमा जानिराखौँ अनि यसको स्वाद मज्जाले लिने गरौँ ।

खादाखेरि मीठो मानिने हुँदा आँपको फललाई राजा पनि भनिन्छ । आँपलाई अमृत पनि भन्ने गरिन्छ । आयुर्वेदमा उल्लेख गरिएअनुसार आँप काँचो होस अथवा पाकेको किन नहोस दुवैमा औषधिको गुण हुन्छ । आँपका बोटका सबै काण्ड अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । आँपका फाइदाका बारेमा आयुर्वेदमा पाकेको आँपमा वीर्यवर्धक, पौष्टिक, वायुनाशक, शीतलता र पित्तनाशक हुन्छन् भनिएको छ । नित्य आँपखानाले भोक पनि बढ्छ । यसले मुटु र पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि हो । आँपको सेवनले अनुहारको चाउरीपनसमेत हटाउन सहयोग पुर्‍याउँछ ।
खाद्य प्रयोगशालाको अध्ययनअनुसार पाकेको आँपमा प्रोटिन, खनिज पदार्थ, बोसो, कार्बोहाइड्रेट, क्याल्सियम र फोस्फोरस पाइन्छ । आँपमा भिटामिन ए, बी र सीको तत्व पनि हुन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन फलहरूमा ११देखि २०% सम्म हुन्छ । आँपमा चिनिको मात्रा ६.७८ देखि १६.९९ % रहेको हुन्छ । त्यसैगरी ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ % सम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । आँपमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत हुन्छ । एकसय ग्राम आँपमा करिब ९० क्यालोरी शक्ति पाइन्छ । नेपालमा आँप तराईदेखि पहाडसम्म सामुन्द्रिक सतहदेखि ३ हजार फिटको उचाइको भू–भागमा आँपको बोट हुन्छ । स्थानीय जातदेखि लिएर आजभोलि कलमे आँपको खेती गर्ने प्रचलन पनि सुरुआत भएको छ ।
आँप नेपालमा मात्र होइन संसारका सबै मुलुकमा पौष्टिक फल मानिन्छ । खाँदा निकै स्वादिलो मानिने आँप मीठो मात्र होइन शरीरलाई फाइदाजनक पनि मानिन्छ । आँप बोटमानै पाकेर पनि खान सकिन्छ । तर, यस फललाई टिपेर भण्डार गर्दा पनि आफँै पाक्छ । आँपलाई छोपेर अथवा बोरामा राखेर भण्डार गर्नाले त्यसले उत्पादन गर्ने एथिलिन ग्यासले आँप आफँै पाक्छ । स्थानीय तबरबाट आँपलाई चाँडै पकाउन पर्‍यो भने बोरा अथवा भुसमा समेत राखेर एथिलिन ग्यासलाई फैलिन नदिएर पनि चाँडै पकाउने काम गरिन्छ । यो स्थानीय प्रविधिमा रसायन हुँदैन, जसले गर्दा आँप खाँदा मानव शरीरमा कुनै हानिनोक्सानी हुन पाउँदैन । तर, आजभोलि बजारमा पाइने आँपहरू अप्राकृतिक रूपले पकाएर बिक्रीका लागि राख्ने गरिन्छ । प्राकृतिक रूपले पाकेको आँप खाँदा अमृत बन्ने फल, अप्राकृतिक रूपले पकाएपछि त्यो आफँैमा हानिकारक बन्न जान्छ । आँपलाई चाँडो पकाउन क्याल्सियम कार्बाइडजस्ता अखाद्यवस्तु राखी पकाउनाले अमृत फललाई विषमा परिवर्तन गराइदिन्छ । जुन फल हामीले किनेर खाने गरेका छौँ ।
सडक यातायात पुगेपछि आजभोलि बेसिजनका आँपहरू प्रत्यक जिल्लामा पुग्ने गरेका छन् । क्याल्सियम कार्बाइड राखेर पकाएका आँप बजारमा खुला रूपले बिक्री भै राखेका छन् । स्वादका लागि आँप खानेहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेको देखिँदैन । कार्बाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घन्टामा आँप पाक्छ । जुन कारणले आँपका व्यापारीलाई फाइदा पुर्‍याउँछ । प्राकृतिक रूपले आँप पाक्ने सिजन आजभोलि नभए पनि चैत्र, वैशाखदेखिनै त्यसरी कृत्रिम तरिकाबाट पकाइएका आँपहरू बजारमा बिक्री हँुदा पनि स्थानीय प्रशासन मौन छ । कार्बाइड नामक रसायन राखेको आँप खाँदा पेट दुख्ने, वान्ता हुने जस्ता रोगले आक्रमण गर्न सक्छन् । यतिमात्र होइन यस्तो आँप खानाले सामान्य असरदेखि लिएर फोक्सो, मुटु, मृगौलाको स्वास्थ्यमा समेत ठूलो असर पार्छ । गर्भवती महिलाले यस्तो आँप खाँदा कार्बाइडको असरले गर्भ तुहिने र क्यासरसमेत हुने संभावना धेरै हुन्छ । यस्तो बेफाइदा हुने काबाइड राखेको खाद्यवस्तुबाट सबैभन्दा राम्रो उपाय हो नखानु । क्याल्सियम कार्बाइड राखेर पकाएको आँप सजिलै तरिकाबाट पनि चिन्ह सकिन्छ । आँपको सबैभाग एकनासले पहँेलो भएको छ भने त्यो आँपमा कार्बाइड राखेको हो भन्नेकुरा जान्न सकिन्छ । किनकि प्राकृतिक रूपले पाकेको आँपमा फलको सबै भागमा एकनासको पहेँलो अर्थात् पाकेको रंग देखिँदैन ।
एमोनिया, सल्फरडाइअक्साइड, फस्पाइनलगायतका ग्यासले गर्दा नमिठो गन्हाउने क्याल्सियम कार्बाइडमा हानिकारक लिड, मर्करी, आर्सेनिक, फस्फोरस हाइडाइडजस्ता रसायन हुन्छन् । मलखाद, क्याल्सियम साइनामाइड तथा स्टिल उद्योगमा यसको प्रयोग हुन्छ । कार्बाइडले शरीरमा भएको पानीसँग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउँछ । जसबाट श्वासनली, घाँटी, आँखा र छालामा धेरैखालका समस्या देखा पर्ने कुरा चिकित्सकहरू बताउँछन् । कार्बाइड राखेको वस्तु धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने, रोग सुरु गर्दै आँखाको शक्ति नै गुमाइदिन सक्छ । केही समय अगाडि भारतमा गरिएको एक सर्वेक्षणअनुसार ३५% क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेन्ड मात्र बस्दा पनि असर देखाउँछ । एक मिनेट बस्दा संक्रमण गर्छ भने ५ मिनेट बस्दा बेहोस बनाउँछ र मृत्युसमेत गराउने सर्वेक्षणको रिपार्ट छ । मुसामा गरिएको त्यस प्रकारको अनुसन्धानले कार्बाइडको सेवनले फोक्सो र मृगौलामा धेरै असर पारेको देखाइएको छ । खाद्यवस्तुमा यस्तो घातक मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउने, स्वास्थ्यमा असर गर्ने हुँदा विश्वमा धेरै मुलुकले यो रसायन राखेर पकाएका फलफूल बिक्री गर्न प्रतिबन्ध गरेका छन् । तर, हाम्रोजस्तो देशमा न खानेमा प्राविधिक ज्ञान छ न सरकारलेनै यसबारे सोचेको छ ? स्वास्थ्यसँग हामीले खेलबाड गरिराखेका छौँ । एकपटक सोचाँै त, खाँदा स्वाद मात्र खोज्ने हो कि ? जीवनको पनि ख्याल राख्ने यो आफँैले छुट्याउनुहोस् ।
आँपलाई प्राकृतिक रूपले पाक्न दिएर खान सकियो भने यो अमृत पनि हो । त्यसैले गर्दा हाम्रो समाजमा आँपलाई फलहरूको राज ापनि भन्ने गरिन्छ । वैज्ञानिकहरूले आँप नियमित खानाले स्तनक्यान्सरबाट बच्न सकिने बताएका छन् । अमेरिकाको टेक्टास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरूले आँपको अनुसन्धानबाट अन्य फलहरूको दाँजोमा आँप स्तनक्यान्सरबाट बचाउ गर्नमा बढी फलदायी मानेका छन् । यस्तै आँप छालाको चाउरीपन रोक्न पनि लाभदायिक मानिन्छ । आँपमा हानिकारक स्याचुरेटेड फयाट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । त्यसैले गर्दा यसमा फाइवर, भिटामिन बी भिटामिन ए भिटामिन सी प्रशस्त पाइन्छन् । आँप खानाले अनेक किसिमका स्वास्थ्यमा फाइदा जनक पनि छ । दुब्लापातला मानिसका लागि आँप फाइदा जनक मानिन्छ । यसले शरीरको तौल बढाउँछ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपरजस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छन् । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिनजस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व पनि आँपबाट पाइने कुरा चिकित्सकहरू बताउँछन् ।
शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि आँपको सेवन लाभदायिक मानिन्छ । पाकेको आँपमा भिटामिन ए प्रसस्त पाइने भएकाले आँखाका लागि समेत निकै फाइदाजनक मानिन्छ । त्यसैगरी आँपमा भिटामिन इ समेत पाइने भएकाले यौन क्षमतासमेत पनि बढाउने कुरा स्वास्थ्य विज्ञानले बताएको छ । अहिले नेपालको बजारमा भारतको हैदरावाद र अन्य आँप उत्पादन हुने प्रान्तबाट दैनिक हजारौँ टन आँप भित्रीएका छन् । यसरी आउने आँपका जातहरूमा दशहरी, तोतापैला, लाल, कपुरक गौरजित आदि कलमे जातका आँप आउँछन् । फलफूलको क्षेत्रमा वैज्ञानिकहरूले बेमौसमी फलहरूमा आँप पनि उत्पादन गराएका छन् । जुन भारतका कृषकहरूले बेमौसमी आँपको उत्पादन गर्ने गरेका छन् । आँपका लागि नेपालको पूर्वी तराईका जिल्लाका कृषकहरूले पनि व्यवसायिक रूपले आँपको खेती गर्न थालेका छन् । चाहे जहाँ उत्पादन भएर आउने आँप किन नहोस् बजारमा व्यापारका लागि राखिएका आँप खरिद गर्दा एकपटक सोचाँै ! यो कसरी पकाएको हो । खानलाई योग्य छ छैन । आँपको स्वाद लिने बेलामा आफ्नो स्वास्थ्यको पनि ख्याल राखौँ ।
[email protected]

प्रतिक्रिया