जसरी पनि मंसिरमा चुनाव गराऊ : थापा

Kamal-Thapaकाठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले मंसिरमा संविधानसभा चुनाव नभए मुलुक ठूलो संकटमा फस्ने बताएका छन् ।
पार्टीको महिला संगठनको चौथो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटनपछि अध्यक्ष थापाले चुनावको मिति चाँडो घोषणा गरेर मंसिरसम्म चुनाव गर्नुपर्ने बताए । मिति घोषणामा ढिलाइले चुनावको समय धेरै टाढिने र मुलुकले ठूलो संकट भोग्नुपर्ने धारणा उनले व्यक्त गरे । ‘सरकार र चार दल संविधानसभा चुनाव पछाडि सार्दै लैजाने खेल खेल्दै छन्, मंसिरमै चुनाव गर्नका लागि ठूलो जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । (सौस)

प्रतिक्रिया