सिंगिङ स्टारमा ७५ जना छनौट

Singing-starविराटनगर : विद्यार्थीमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘एसएबिएससी सिंगिन स्टार’ २०७० को मोरङको विभिन्न स्थानमा भएको पहिलो चरणको अडिसनबाट ७५ जना विद्यार्थी छनौट भएका छन् ।
निजी विद्यालयको संगठन संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाको आयोजना दुई दिनसम्म विराटचौक, लेटाङ  उर्लाबारीमा भएको क्षेत्रीयस्तरको अडिसनबाट व्याक्तित्व र दक्षताको आधारमा ७५ जना विद्यार्थी छनौटमा परेका छन् । पहिलो चरणमा एक सय १५ वटा विद्यालयका दुई सय ३० जना विद्यार्थीबाट ७५ जना छनौट गरिएको शिक्षक अर्जुन श्रेष्ठले जानकारी दिए । पहिलो अडिसनबाट छनौट भएको विद्यार्थीलाई विराटनगरमा राखेर थपअभ्यास गर्न लगाइने आयोजकले जनाएको छ ।
आवाज तपार्इंको, गौरव राष्ट्रको र देन निजी विद्यालयको भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताका नियार्णक गायक साजन राई, प्रशेश्वर राई, प्रवलदिव विश्वास, रामसंगम राउत र सुमन श्रेष्ठन रहेका छन् । ८ असारमा विराटनगरमा हुने फाइनल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमश: १५ हजार, १० हजार र ५ हजार रुपियाँ पुरस्कार रहेको आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया