नागरिकता टोली आजदेखि सिसहनियामा

देउखुरी : फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता वितरण टोली सोमबारदेखि सिसहनीया गाविसमा खटिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता वितरण टोली खटाएको हो । टोली यसअघि टोली गढवा गाविसमा पुगेको थियो । बिहान १० बजेदेखि सुरु हुने शिविसरमा सिसहनीया, लालमटीया, सोनपुर र चैलाही गाविसका सेवाग्राहीलाई सहभागी हुन आह्वान गरिएको गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए । (सौस)

प्रतिक्रिया