मापदण्ड पूरा गर्न नसेकपछि अस्पताल पोलिल्किनिकमा झर्‍यो

Chitwanचितवन, २७ जेठ । मापदण्ड पूरा नगर्न नसकेपछि पूर्वीचितवनको रत्ननगरमा रहेको रत्ननगर अस्पताल प्रालि अब रत्ननगर नमुना पोलिल्किनिकका रूपमा सञ्चालन हुने भएको छ ।

चितवनका मापदण्ड पूरा नगरेका समाचार आएसँगै अस्पतालले कारबाहीमा पर्नुअगाडि नै पोलिल्किनिकका रूपमा सञ्चालन गर्न लागेको हो । निजी अस्पताललाई कारबाही सुरु गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गर्ने समाचार २४ शुक्रबार सौर्य दैनिकमा प्रकाशित भएसँगै अस्पतालले मापदण्ड पूरा गर्न नसकेका कारण सञ्चालक समितिले पोलिल्किनिकका रूपमा सञ्चालन गर्ने निर्याण गरेको छ । चितवनमा आइतबारबाट जिल्ला जनस्वास्थ्यकार्यालय चितवनले सुरु गरेको अनुगमनमा अस्पतालका सञ्चालकले आफूहरूले शनिबार आपतकालीन बैठक बसी नाम परिर्वतन गरी रत्ननगर नमुना पोलिल्किनिकका रूपमा छिट्टै सेवा प्रारम्भ गरिने सञ्चालक सुवास पोख्रेरलले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ती अस्पताललाई कारबाही गर्न आइतबारदेखि सुरु गर्ने भन्ने समाचारबाहिर आएको थियो ।
आइतबारबाट सुरु गरेको अनुगमनमा कार्यालयका प्रमुख एवं वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत केहरसिहं गोदर, जनस्वास्थ्य अधिकृत ईश्वरीप्रसाद पोख्रेरल र सञ्चारकर्मीको एक टोलीले अस्पतालको अनुगमन गरेको थियो । सो अवसरमा पहिलोपटक चितवनको पूर्वीक्षेत्रको रत्ननगर नगरपालिकामा रहेको रत्ननगर अस्पताल प्रालि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अस्पताल साँघुरो भएको, पूर्वधार पूरा नभएका, एक्सेर मिसिन भएको कोठामा लिड नभएको, विकिरणदेखि सावधान रहन सूचना नलेखिएको बेड क्षमता थौरै भएको, दक्ष जनशक्ति, ल्याब टेक्निसियन, फिजिसियन चिकित्सकसमेत नभएको पाइएको थियो । रत्ननगरमा रहेको एक मात्र सरकारी अस्पताल रत्ननगर बकुल्लहर अस्पतालसँगै नाम जुधाएका कारण धेरै बिरामीलाई मर्का पार्दै आएको उनले बताए । यस विषयमा सञ्चालक पोख्रेरलले हामीले एक वर्षसम्म राम्रो सेवा पुर्‍याउने लक्ष्यका साथ अनुमति लिए पनि सरकारी अस्पताललाई मर्का नपार्न नाम परिर्वतन गरेको बताए । कार्यलयका प्रमुख गोदारले अस्पतालको मापदण्ड पूरा नभएको भन्दै पोलिल्किनिकमा जाने भएपछि आफैँ तलझरेको बताए कारबाही कुनै औचित्य नरहेको बताए ।
यसका साथै मापदण्डविपरीत सञ्चालित अन्य निजी अस्पतालको अनुगमन कारबाही तथा नियन्त्रण प्रक्रिया क्रमिक रूपमा गरिने बताए । चितवनमा भरतपुर नगरपालिका क्षेत्रमा दुई सरकारी अस्पतालसहित २४ वटा अपस्ताल छन् । त्यस्तै रत्ननगरमा एक सरकारी, दुईवटा निजी र खैरहनी, माडी र चनौलीमा गरी ११ वटा गरी ३५ वटा अस्पताला सञ्चालनमा रहेका छन् । प्रया: सबै मापदण्डविपरीत नै रहेको जनस्वाथ्य कार्यालयको भनाइ छ । निजी अस्पतालसँगै पूर्वीभेगको खैरहनी गाविसमा रहेको पवन अस्पताल, खैरहनीकै परोपकार अस्पतालको स्वीकृत मिति सकिए पनि नवीकरण नगरी सेवा दिइरहेका छन् । यस्तै भरतपुरमा रहेको ओएसिस मेडिकल कलेज र नेसनल आँखा अस्पताल पनि दर्ता भएका छैनन् । कार्यालयका जनस्वास्थ्य अधिकृत ईश्वरीप्रसाद पोख्रेरलले स्पष्ट नीति नहुँदा अनुगमनमा समस्या हुने बताए ।

प्रतिक्रिया