रौतहट घटनाका दोषीलाई कारबाही गर्न माग

rastriya manb aadhikar aayogकाठमाडौं, २६ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा कथित उपल्लो जातका मानिसले दलित वस्तीमा गरेको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज (आइतबार) विज्ञप्ति जारी गरेर दलित वस्तीमा भएको आक्रमणको घटना छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेको हो । घटनाबाट पीडित व्यक्ति तथा परिवारजनलाई राहत, घाइतेको नि:शुल्क उपचार र विस्थापितको पुन: स्थापना गर्न आयोग सरकारसँग आयोगले आग्रह पनि गरेको छ ।
आक्रमणकारीहरूलाई कानूनको दायरामा ल्याई सत्य–तथ्यको आधारमा पीडितलाई न्याय र पीडकलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
शनिबार राति पिपरिया दोस्तिया–८, भिङ्डवार गाउँको दलित वस्तीमा कथित उपल्लो जातका मानिसबाट स्थानीय भगवती मन्दिरमा पूजाआजा गर्न गएका दलित समुदायका मानिसहरूमाथि आक्रमण गरेका थिए ।
सोही विषयमा कथित उपल्लो जातका स्थानीयले दलित वस्तीमा घेरा हालेर आक्रमण गरेका थिए ।
दलित समुदायमाथि भएको आक्रमणका बारेमा आयोगले रौतहटका प्रमुख जिल्ला अधिकारी, स्थनीय सुरक्षा निकाय र नागरिक समाजका सदस्यहरूसँग जानकारी लिएको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया