नेविसंघद्वारा प्राधिकरण घेराउ

nepal student uniyanकाठमाडौं, २६ जेठ । नेपाल विद्यार्थी संघले त्रिशुली ३–ए जलविद्युत् आयोजनाको क्षमता विस्तार गर्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयको विरोधमा धर्ना बसेको छ ।
रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि मुलगेटमा आज (आइतबार) एकघण्टा धर्ना बसेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनले क्षमता विस्तारको निर्णय गर्ने बेला मुलुकलाई धरासायी बनाउने गरेर सहमति भएको दाबी गरे ।
प्राधिकरण सञ्चालक समितिले त्रिशुली ३–ए जलबिद्युत् आयोजनाको क्षमता बढाउने निर्णय गरे लगत्तै विरोध शुरु भएको थियो ।
समितिले ६० मेगावाटको आयोजनाको क्षमता बिस्तार गरी ९० मेगावाट बनाउने निर्णय गरेको छ । ४ अर्ब थप गरेर क्षमता बिस्तार गर्न नहुँने नेविसंघको माग छ ।

प्रतिक्रिया