अनितालाई दोहोरो स्वर्ण

biddhalaya-khelkudकाठमाडौं, २६ जेठ । काठमाडौंकी अनिता थापाले मध्यमाञ्चल क्षेत्रीय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप)को एथलेटिक्सतर्फ शनिबार दोहोरो स्वर्ण जितेकी छन् । अनिताले छात्राको एक सय र चार सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । अनिताले एक

सय मिटर १४.१ सेकेन्ड तथा चार सय मिटर ६७.५ सेकेन्डमा पूरा गरिन् । दशरथ रंगशालामा भएको छात्रको एक सय मिटर दौडमा भक्तपुरका संगम शाही पहिलो भए । उनले १२.० सेकेन्ड समय खर्चे । छात्राको एक हजार पाँच सय मिटर दौडमा काठमाडौंकी संगीता खड्काले स्वर्ण चुमिन् । छात्रको चार गुणा सय मिटर रिलेमा भक्तपुर पहिलो भयो ।

प्रतिक्रिया