जनकवि केशरी थापा सिकिस्त

Dharmaraj Thapa Sourya Dailyकास्की : जनकवि केशरी धर्मराज थापा बिरामी परेका छन् । दुई महिनादेखि ओछ्यान परेका उनको बोलीसमेत बन्द भएको छ । थापाको अहिले पोखराको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । थापाको उपचारमा वरिष्ठ चिकित्सक बुद्धिबहादुर थापा लागेका छन् ।
एक वर्षदेखि सहज रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थापाको दम र उच्च रक्तचापका कारण दाहिने हर नचल्ने अवस्थामा पुगेको परिवारजनले बताएका छन् ।
धुरुधुरु नरोए आमा, तिम्रो आँसु पुछेर छाडौँला भन्ने गीतबाट गायनयात्रा सुरु गरेका थापाको ‘हो हो माले, हो हो, हो हो तारे हो बोलको गीतलगायत दर्जनौँ गीत नेपाली जनजिब्रोमा टाँसिएका छन् । जनकवि केशरी थापाको उपचारका लागि काठमाडांैको वीर अस्पतालमा लगेर उपचार गरिए पनि निको हुन नसकेपछि थापाकै आग्रहमा पुख्र्यौलीघर पोखराको बाटुलेचौरमा एक साताअघि ल्याइएको हो । (सौस)

प्रतिक्रिया