पश्चिमाञ्चललाई उपाधि

काठमाडौं : राष्ट्रपति रजिङ शिल्ड अन्तर्गत भलिबलको छात्रमा मध्यमाञ्चल र छात्रामा पश्चिमाञ्चलले उपाधि जिते । राखेपको कभर्डहलमा भएको छात्रको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चलाई २८–२६, २५–१६ र २८–२६ को सोझो सेटमा पाखा लगायो । सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–१ ले हराउँदै तेस्रो भयो । छात्राको फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–२३, २५–१९, २५–२७ र २८–२६ को सेटमा निराश पार्‍यो । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई ३–० ले निराश पार्दै तेस्रो स्थानमा यात्रा अन्त्य गर्‍यो । पहिलोले दुई हजार, दोस्रोले एक हजार पाँच सय तथा तेस्रोले सात सय नगद पुरस्कार प्राप्त गरे । शीर्ष तीन स्थानमा रहने टिमका प्रत्येक सदस्यलाई उक्त नगद पुरस्कार दिइएको हो । (सौस)

प्रतिक्रिया